Loktantra Khabar National Weekly
Ad

एम्नेस्टी इन्टरनेसनलले सुरु गरे सर्लाहीको मलंगवामा प्रशिक्षण अभियान

लोकतन्त्र खबर
२८ भाद्र २०८१

मनोज यादव— सर्लाही,भदौ २८

विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले मलंगवाका विद्यार्थीहरुहरुलाई मानवअधिकार तथा संस्थाको काम कर्तव्यहरुको बारेमा प्रशिक्षण दिएका छन् ।

संस्थाको मलंगवा ग्रुप ९ ले शुक्रवार मलंगवा न.पा वडा न-८ स्थित रहेको जेसिज माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई संस्थाको काम कर्तब्यसहित मानवअधिकारको विषयमा प्रोजेक्टरको माध्यमबाट प्रशिक्षण दिएको हो।

हप्ताको प्रत्येक शुक्रवार मलंगवाका स्थानीय माध्यमिक तहका विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिने लक्ष्य अनुसार सो कार्यक्रमको पहिलो सुरुवात जेसिज माध्यमिक विद्यालयबाट गरेको कार्यक्रम संयोजक समिर मिकरानीले जानकारी दिए।

दोस्रो कार्यक्रम यही आउँदो शुक्रवार मलंगवाकै सगरमाथा आधारभुत इंग्लिस बोर्डिङ स्कुलमा गरिने उनले जनाएका छन् ।

अधिवक्ता पिटर बेन्सनले बेलायतको राजधानी लण्डनमा सन् १९६१ मे २८ तारिखका दिन एम्नेस्टी इन्टरनेसनलको स्थापना गरेका थिए।

अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउने दुई जनालाई बेलायत सरकारले थुनामा राखेपछि बेनेन्सनले आममाफीका विषयमा एक लेख लेखेका थिए ।

त्यससँगै बेलायतसहित विभिन्न युरोपेली देशका राजनीतिक तथा धार्मिक बन्दीका पक्षमा अपिल फर एम्नेस्टी (आममाफी) अभियान सुरु भयो ।

उक्त अभियानका क्रममा मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको हो ।

संस्थाको विस्तारलाई अन्य देशहरुले पनि मान्यता दिन थालेपछि राष्ट्रसंघ, युनेस्को, युरोपेली संघलगायतले एम्नेस्टीलाई सल्लाहकार राखेका थिए ।

हाल यो १ सय ५० देशमा क्रियाशील रहेको छ, जसमा विश्वका एक करोडभन्दा बढी अभियन्ता जोडिएको जनाइएको छ ।

नेपालमा भने सन् १९७९ मा एम्नेस्टी सुरु भएको थियो । तर १९८२ मा यसको मान्यता खारेज गरिएको थियो ।

तर नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि सन् १९९० मा पुनःस्थापित भएको हो ।

प्रतिक्रिया दिनुहोस्: