Loktantra Khabar National Weekly
Ad

ग्रामीण क्षेत्रका किसानलाई आवश्यक सबै सेवा एकै ठाउँमा उपलब्ध गराउन सर्लाहीको कौडेनामा कृषि तथा पशुपन्छी सेवा केन्द्र निर्माण

लोकतन्त्र खबर
१८ भाद्र २०८१

मनोज यादव— सर्लाही,भदौ १८

सर्लाहीको पश्चिमी क्षेत्रमा रहेको कौडेना गाउँपालिकाको वडा न-३ मा विश्व बैंकको लगानीमा निर्माण सम्पन्न भएको सुविधासम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको आज(सोमबार)एक समारोहका बिच उद्घाटन गर्दै पालिकालाई हस्तान्तरण गरिएको छ।

कृषि तथा कृषि पेशामा आबद्ध उद्यमी,व्यापारीहरु समेतलाई सेवा सुविधा उपलब्ध गराउने उदेश्यका साथ २ करोड २७ लाख ७६ हजार ३ सय ३३ रुपैयाँको लागतमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED)द्वारा निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन सहित उपकरण तथा अन्य पुर्वाधारहरु कौडेना गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवलाई हस्तान्तरण गरिएको हो।

स्थानीय किसानको साथै कृषि तथा पशुपन्छी क्षेत्रमा संलग्न व्यक्तिहरूको लागि अत्यन्तै महत्वपूर्ण मानिएको यस केन्द्रले किसानहरूको जीवनस्तर उकास्न र उनीहरूको आयमा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष यादवले बताए ।

उनले यस केन्द्रबाट किसान र कृषि तथा पशुपन्छी क्षेत्रमा संलग्न ब्यक्तिहरुलाई आवश्यक सबै सेवा सुविधा जस्तै कृषि परामर्श ,पशुपालनको आधुनिक प्रविधिहरू,माटो परीक्षण,मल तथा बीउ वितरण,कृषि तालिम र अन्य आवश्यक सेवा सुविधा उपलब्ध गराइने बताए ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,ग्रामीण उद्यम तथा आंशिक विकास मन्त्रालय ,आर्थिक करिडोर कार्यालय बर्दिबास महोत्तरीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बरिस्ठ कृषि अधिकृत रवीन्द्र कुमार महतो,आयोजना निर्देशक डा.चन्द्र प्रसाद रिसाल,कौडेना गापा का उपाध्यक्ष नगीना देवी यादव ,विभिन्न वडाका वडाअध्यक्ष,विभिन्न शाखाका कर्मचारी,स्थानीयबासी,पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: