Loktantra Khabar National Weekly
Ad

मोमिका देवनाथ प्रति मलंगवाका चिकित्सकहरु द्वारा श्रद्धाञ्जली

लोकतन्त्र खबर
२ भाद्र २०८१

लोकतन्त्र समाचारदाता—- सर्लाही,भदौ २

मलंगवाका चिकित्सक तथा नर्सहरुले भारतको पश्चिम बंगाल राज्यको कलकत्तामा भएको प्रशिक्षार्थी डाक्टर मोमिका देवनाथको हत्या प्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाका दोषीहरु उपर कडाभन्दा कडा कार्यवाहीको माग गरेका छन् ।

शनिवार साँझ सर्लाहीको सदरमुकाम मलंगवा स्थित बालमन्दिर चौकमा प्रादेशिक अस्पताल मलंगवामा कार्यरत चिकित्सक तथा नर्सहरुले सामुहिक रुपमा मैनवत्ती बालेर डा.देवनाथ प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कलकत्ताको आरजी कर अस्पतालमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी डा.देवनाथको बलात्कार पछि निर्ममतापुर्वक हत्या गरिएको थियो। मलंगवासहित सर्लाही जिल्ला भरिका चिकित्सक तथा नर्सहरुले दोषी उपर कार्यवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: