लोकतन्त्र समाचारदाता—- सर्लाही,भदौ २
नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सवका अवसरमा मलंगवा स्थित वितरण केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी मलंगवा शाखासँगको समन्वयमा प्राधिकरणको सदरमुकाम मलंगवास्थित वितरण केन्द्रले शुक्रवार कार्यालयको प्रांगणमा आयोजना गरेको कार्यक्रममा कर्मचारीसहित ३० जनाले रक्तदान गरेका हुन् ।
वार्षिकोत्सबकै अवसरमा विभिन्न खेलकुद प्रतियोगिता र कार्यालय परिसरको सरसफाइ लगायतका क्रियाकलापहरु समेत आयोजना गरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: