Loktantra Khabar National Weekly
Ad

नयाँ आर्थिक वर्ष सुरु भएपनि पालिकाहरु सुनसान ,जनप्रतिनिधिदेखि कर्मचारी मुड फ्रेस गर्न घुमफिरमा व्यस्त

लोकतन्त्र खबर
२३ श्रावण २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,साउन २३

भर्खरै गत आर्थिक वर्ष सक्किएर नयाँ आर्थिक वर्षको सुरुवात भएको छ।नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना बित्नै लाग्दा पनि सर्लाहीका २० वटै स्थानीय तहका कार्यालयहरु सुनसान देखिएका छन् ।

जिल्लामा रहेका ११ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा यतिबेला सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ ।

गत असार महिनामा योजना सम्झौतादेखि भुक्तानीसम्मको काम लिएर आउने उपभोक्ता समितिका पदाधिकारी र ठेकेदारहरुको पालिकामा भिड नै लाग्ने गरेको थियो तर अहिले भने प्रायः कर्मचारीहरु मात्रै भेटिने गरेका छन् ।

पालिका प्रमुखदेखि वडाअध्यक्षहरु पनि पालिका आउन छाडेका छन् । नयाँ आर्थिक वर्ष २०८१/०८२ को सुरुवात भएदेखिनै उनीहरू फ्रेस हुने भन्दै घुमघामका लागि बाहिर निस्किएका छन् ।

कोही नेपालकै विभिन्न ठाउँमा त कोही भारतका विभिन्न तिर्थस्थल गएका छन् । कतिपय पालिकाका कर्मचारीहरु समेत बिदामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्: