
लोकतन्त्र समाचारदाता— सर्लाही,साउन १८
गत बिहीबारदेखि सर्लाहीमा पेट्रोल र डिजेलको अभाव सृजना भएको छ।
पट्रोलियम पदार्थ ओसार्ने ट्यांकर चालकहरुको आन्दोलनका कारण जिल्लामा पेट्रोल र डिजेलको अभाव सृजना भएको हो।
ट्यांकर चालकहरुले बाराको अमलेखजंज स्थित नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाउन छाडेका कारण लगभग जिल्लाभरका पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थ अभाव भएको पेट्रोलियम डिलर्स एशोसियशन सर्लाहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: