
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आजकल आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन् । जहीर इकबालसँग विवाहपछि अभिनेत्रीको पहिलो र्याम्प वाक भिडियो सार्वजनिक भएको छ, जसमा उनी निकै सुन्दर देखिएकी छिन् ।
उनको यो लुक्स सामाजिक सञ्जालमा चर्चित बनेको छ । अर्कोतर्फ यो व्यस्त कार्यक्रमको बिचमा पनि सोनाक्षी आफ्नो सुखी जीवनमा रमाइरहेकी छिन् ।
इकबालसँग विवाह गरेपछि सोनाक्षी पहिलो पटक र्याम्प वाक गरेको देखिएकी हुन् । उनको र्याम्प वाकको भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमा उनको आकर्षक स्टाइल देख्न सकिन्छ ।
सोनाक्षीले र्याम्प वाकको लागि हाई स्लिट र एम्बिलिशमेन्ट गुलाबी गाउन लगाएकी थिइन् । उनले आकर्षक पोसाकसँग म्याचिङ्ग हिल्स लगाएकी थिइन् । सोनाक्षीले द कार्डिगन्सको गीत ‘लभफुल’ मा डान्स गर्दा कार्यक्रममा उपस्थित सबैको ध्यान तानिन् ।
सो कार्यक्रमपछि सोनाक्षीले वैवाहिक जीवनमा निकै खुसी रहेको र विवाहपछि पनि काम गर्ने पूर्ण स्वतन्त्रता पाएको बताएकी छिन् । यात्रा डेली