विद्यानन्द यादव— सर्लाही,साउन १३
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा ले समाचार लेख्ने ब्यक्ति मात्र पत्रकार भएको बताएका छन् ।
उनले शनिवार ग्रामीण नारी उत्थान संघ हरिपुरले आफ्नै सभागृहमा आयोजना गरेको बालविवाह ,जबर्जस्ती विवाह”कम उमेरमा हुने हुने विवाह” अन्त्यका लागि एक दिने सर्लाहीका पत्रकारहरु सँग सहकार्यको लागि सम्वाद कार्यक्रममा सो कुरा बताउनु भएको हो।
उनले रेडियो,टिभी ,अनलाइनमा उद्घोषण गर्ने,कार्यक्रम चलाउने,अरुले लेखेको समाचार पढ्ने,प्राविधिक लगायतका ब्यक्तिहरु पत्रकार हुन नसक्ने सहभागी पत्रकारहरुलाई जानकारी गराएका थिए।
उनले संचारकर्मीले बालविवाह ,जबर्जस्ती विवाहको बारेमा खोजिनिती गरेर खोजमुलक समाचार आफ्नो संचार माध्यममा स्थान दिएर बालविवाह अन्त्यका लागि सहयोग गर्नुपर्ने बताए ।
जिल्लामा कतिपय मिडियामा कामगर्ने कर्मचारीहरु आफुपनि पत्रकार भएको नाक फुलाउँदै हिंडिरहेको अवस्थामा झा ले त्यस्ता गतिछाडाहरुलाई गतिलो झापड हानेको छ।
कार्यक्रममा ग्रामीण नारी उत्थान संघ हरिपुरका अध्यक्ष गोमा देवी न्यौपाने ,उपाध्यक्ष विष्णु चालिसे,सुर्य प्रसाद चालिसे,ने.प.म.सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री लगायत विभिन्न संचार गृहका संचारकर्मीहरुको उपस्थिति रहेको थियो।