Loktantra Khabar National Weekly
Ad

बारामा हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, १० लाख २० हजार रकम बरामद

लोकतन्त्र खबर
८ श्रावण २०८१

बारा  बारा जिल्लामा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनियाका ४१ वर्षीय सैदुल्ला मियाँ र २२ वर्षीय बागर अन्सारी रहेका छन्।

प्रहरीको अनुसार, ईलाका प्रहरी कार्यालय छतवा, बाराबाट प्र.ब.ना.नि. सन्तोष के.सी.को नेतृत्वमा खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर १ घोडासहन नाका स्थित सडकमा जाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेको ना ३६ प ४५६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट १० लाख २० हजार रुपैयाँ नगद बरामद गरेको छ। उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरुलाई हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, उनीहरुविरुद्ध हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा कलैया जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले जनाएको छ कि, हुण्डी कारोबारले अर्थतन्त्रमा नकारात्मक असर पुर्याउने हुँदा यसलाई नियन्त्रण गर्नका लागि कडा कदम चालिएको हो। यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: