विद्यानन्द यादव— सर्लाही,साउन ८
पूर्व सांसद तथा भुमीसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।
उहाँको आफ्नै कृषि फर्म रहेको चन्द्रनगर गाँउपालिका-१ रतनपुर स्थित घरमा सुतिरहेको मौका छोपी हत्या गरिएको हो ।
मृतक राय एक्लै आफनो कोठामा सुतिरहेको अवस्था अज्ञात समुहले हत्या गरेर फरार रहेको प्रहरीले जनाएको छ ।
उहाँकी श्रीमती मलंगवा नगरपालिका वडा न-४ स्थित घरमा रहेको र छोराहरु अस्ट्रेलियामा कार्यरत रहेको पारिवारीक स्रोतले जानकारी गराएका छन ।
मृतक राय पहिलो आम निर्वाचन २०३८ सालमा विजयी भएका थिए भने दास्रो पटक २०४२ सालको आम निर्वाचनमा सर्लाही जिल्लाबाट विजयी भएका थिए ।
त्यसै गरी तेस्रो पटक २०५६ सालमा भएको आम निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित हुँदा सूर्य वहादुर थापाको मन्त्री मण्डलमा उहाँलाई भुमीसुधार राज्य मन्त्रीको जिम्मवारी दिएका थिए ।
मृतक रायले जिवन भर सादा जिवन र कुनै नागरीक सँग एक रुपैया पनि घुस नखाने रुपमा जिल्लामा परिचय बनाएका आम सर्लाहीवासीको मुख वाट वेला वेलामा सुन्दै आएको हो ।
उहाँ सधै आफ्नो मूल्य र मान्यता सँग कसैसगै कुनै लोभ लालच मा नपरी स्वच्छ राजनितीज्ञ को रुपमा जिवनभर राजनिती गरिने रहे । सधै भरी हाँसिलो मुहार का धनी माननिय जी सँधै का लागी अस्ताए अलविदा ।

