Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा लाइसेन्स वितरण कार्य सुरु भएको मात्र २ महिनाको अवधीमा २५ सय भन्दा बढीले पाए लाइसेन्स /आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६ करोड भन्दा बढी राजश्व संकलन

लोकतन्त्र खबर
२ श्रावण २०८१

मनोज यादव— सर्लाही,साउन २ गते

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)सर्लाही बाटै बितरण सुरु भएपछि सेबाग्राहीलाई सहज भएको छ। सहज रुपमा नै सर्लाहीको सदरमुकाम मलंगवाबाट लाइसेन्स उपलब्ध हुनथालेपछि मधेस प्रदेशका बिभिन्न जिल्ला धाउनुपर्ने बाध्यताको अन्तय भए सगै सेवाग्राहीलाई सहज भएको हो ।

मलंगवाबाट नै सहज रुपमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) पाउन थालेपछि अहिले जिल्लाभरीबाट सेवाग्राहीहरु सदरमुकाम आउन थालेका छन् भने उत्साहित समेत बनेका छन् ।

गत जेठ १ गतेदेखि सुरु भएको लाइसेन्स वितरण कार्यको सुरुवातको दिनमा सेवाग्राहीहरुको चापका कारण साताको प्रत्येक दिन लिखित र ट्रायल परीक्षा संचालन हुँदै आएकोमा अहिले सेवाग्राहीको चाप घटेका कारण सातामा २ पटक परिक्षा संचालन गरि १ दिन ट्रायल परिक्षा हुदै आएको यातायात व्यवस्था कार्यालय सर्लाहीले जनाएको छ ।

अनलाइन फाराम भर्न सुरु भएर जेठ १ गतेदेखि सेवा सुचारु भएको २ महिनाको अवधीमा हालसम्म क्याटोगरी A,B,C,C1,E,J1,J2 र K मा गरि जम्मा ५ हजार ४ सय ११ जनाले सवारी चालक अनुमतिपत्रको लागि फारम भरेका थिए।जसमध्येबाट २५ सय भन्दा बढीले लाइसेन्स लिइसकेको यातायात व्यवस्था कार्यालय सर्लाहीका प्रमुख राकेश यादवले जानकारी दिएको छ।

उनले आर्थिक वर्ष २०८० /०८१ को मंसिर २७ गतेदेखि संचालनमा आएको यस कार्यालयले असाढ ३१ गतेसम्म ६ करोड ३५ लाख २६ हजार २ सय २६ रुपैयाँ राजश्व संकलन गरेकोे जानकारी दिए।

यादवका अनुसार यस कार्यालयले सवारी कर बापत ४ करोड ७२ लाख ३८ हजार ४१६ ,आय कर बापत १४ लाख ४३ हजार ७ सय ,सवारी नविकरण बापत ५२ लाख ३३ हजार ७७० ,रुट परमिट बापत २ लाख ९ हजार ८ सय ,पटके(अस्थायी रुट कर)वापत ६८ हजार ५३० र नयाँ पुरानो दुबै लाइसेन्स बापत गरि ९३ लाख १७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ।

यातायात व्यवस्था कार्यालय सर्लाहीबाट लाइसेन्सको बितरण सुरु गरिए पनि आवश्यक्ता अनुसारको कर्मचारी नभएकाले सिमित कर्मचारी बाट सेवान प्रवाह गर्नु परेको साथै आफ्नै ट्रायल सेन्टर नभएका कारण नीजि कम्पनीसँग सम्झौता गरेर परीक्षा संचालन गर्नुपरेको कार्यालय प्रमुख यादवले बताए ।

मलंगवाबाटै सवारीचालक अनुमति पत्र पाउन थालेपछि जिल्लाबासीहरुको उत्साहजनक सहभागिता बढेको छ ।यस यातायात व्यवस्था कार्यालयमा सर्लाही जिल्लाबाट मात्र नभइ छिमेकी जिल्लाहरुबाट समेत सेवाग्राहीहरु आउने गरेका छन् ।

यसअघि नयाँ लाइसेन्स बनाउन,लाइसेन्स नविकरण गर्न लगायतका कामका लागि महोत्तरीको बर्दीबास,बिरगंज ,जनकपुर ,लहान जानुपर्ने बाध्यता रहेको र त्यहाँ जाँदा,आउँदा र बास बस्दा हजारौं रुपैयाँ खर्च हुँदै आएकोले मलंगवामै यातायात कार्यालय संचालनमा आएदेखि खर्च र समयको समेत बचत भएको कार्यालयमै भेटिएका सेवाग्राहीहरुले बताएका छन् ।

जिल्लाको सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको भवनमा रहेको यस यातायत कार्यालयले यसअघि लाइसेन्स नवीकरण, नयाँ सवारी दर्ता नामसारी, सवारी दर्ता प्रमाण नवीकरण, बाटो ईजाजत पत्र (रुट परमिट) जारी गर्ने र नवीकरण गर्ने, सवारी साधनको प्राविधिक परीक्षण (जाँचपास) गर्ने, सवारी साधनको प्रदुषण परीक्षण गर्ने, सेवाग्राहीबाट सवारी साधनको कर राजश्व बुझिलिने लगायतको काम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्: