
लोकतन्त्र समाचारदाता—-
सर्लाही,असाढ २१
सर्लाही प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ५ जना अभियुक्तलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवा तथा मातहतको इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने सिलसिलामा फरार रहेका ती अभियुक्तलाई अभियान नै चलाएर पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लेनदेन मुद्दामा ६८ रुपैयाँ ८८ पैसा जरिवाना तोकिएका व्यक्तिदेखि २ लाख ५० हजार धरौटी रकम तोकिएका अभियुक्तसम्म रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।
उनीहरु जरिवाना र धरौटी रकम बुझाएर छुटेका छन् ।
मुद्रा सम्वन्धी कसुर लागेका बलरा नगरपालिका वडा न-८ बस्ने हरिचन साहलाई भने पूर्पक्षका लागि कारागार चलान गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।