Loktantra Khabar National Weekly
Ad

सडकमा जथाभावी निर्माण सामग्री राख्दा मलंगवा बजारको सौर्न्दर्यता कुरुप बन्नुका साथै दुर्घटनाको जोखिम बढ्यो , नगरबासी द्वारा अटेरी गरेको नगरपालिकाको भनाई

लोकतन्त्र खबर
१९ असार २०८१

मनोज यादव—-
सर्लाही,असाढ १८

सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकाको बजारक्षेत्रमा जथाभावी निमार्ण सामग्री थुपारिँदा दुर्घटनाको जोखिम बढेको छ भने बजारको सौर्न्दर्यता समेत कुरुप बनेको छ। सदरमुकाम र आसपास क्षेत्रका भित्री सडकहरुमा जथाभावी निर्माण समाग्री राख्दा दुर्घटनाको जोखिम बढेको हो ।

प्रायःजसो आर्थिक वर्षको अन्तिममा अर्थात बर्खामा आएर हुने सडक,नाला तथा ढल निर्माणका कार्यमा प्रयोग हुने ढुंगा,बालुवा,गिट्टी ,इट्टा,रड ,काठ लगायतका निर्माण सामाग्रीहरु निर्माण व्यवसायी र उपभोक्ताहरुले सडकमै जथाभावी राख्ने गरेका छन् । यसले बजारक्षेत्रका भित्री सडकहरुमा दुर्घटनाको जोखिम बढेको छ ।

सरमुकामको १२ वटै वडाका भित्री सडकहरुमा जथाभाबी निमार्णका सामाग्रीहरु जथाभावी थुप्रिएका छन् ।

बजार क्षेत्रका भित्रि सडकहरुमा राखिएका निर्माण समाग्रीहरुले एकातिर बजारको सन्दौर्यता कुरुप बनाएको छ भने अर्काेतिर दुर्घटनाको जोखिम पनि बढेको छ ।

निर्माण ब्यवासायी तथा उपभोक्ताहरुले सडकलाई सामान भण्डारणको स्थल बनाउँदा बजार क्षेत्रमा दुर्घटनको जोखिम बढेको सदरमुकामका स्थानीयहरुले बताएका छन् । निर्माण व्यवसायी तथा उपभोक्ताहरुलाई यस्ता सामाग्रीहरु व्यवस्थित गरेर राख्न सुझाव दिंदा समेत नसुनेझै अटेरी गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

निमार्णका सामाग्रीहरु सडक आसपासमा जथाभावी थुपार्दा सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेका छन् । बिहान बेलुकाको समय अर्थात विद्यालय समयमा अझै बढी दुर्घटनाको जोखिम हुने गरेको स्थानीयहरुको भनाई छ ।

तर उता नगरपालिकाले भने सडकमा थुपारिएका निर्माण सामाग्री र फुटपाथ पसलहरु हटाउनको लागि पटकपटक सूचनाहरु निकालेर नगरबासीहरु सँग आग्रह गर्दा समेत अटेरी गरेर बसेकोले अब ट्राफिक प्रहरीसँग समन्वय गरेरै भएपनि चाँडो भन्दा चाँडो यसकार्य तर्फ लाग्ने जानकारी गराएको छ।

नगरक्षेत्रभित्रको सडक र फुटपाथ क्लियर गर्ने तथा अतिक्रमण हुनबाट जोगाउने सम्पूर्ण दायित्व र जिम्मेवारी स्थानीय निकायको भएपनि मलंगवा नगरपालिकाले यसतर्फ ध्यान दिएको देखिदैन ।जसले गर्दा यहाँका सार्वजनिक सडकहरु निर्माण सामाग्री थुपार्ने थलो बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्: