वीरगञ्ज, । वीरगञ्ज महानगरपालिकाको बजारमा पसल व्यवसाय गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन घटिरहेको छ। व्यवसायीहरूको भनाइ अनुसार यस गिरावटको मुख्य कारण आर्थिक मन्दी, बढ्दो प्रतिस्पर्धा, खुला सीमाना, र उपभोक्ता खर्चमा कमी रहेका छन्।
वीरगञ्ज बजारमा व्यवसायीहरूले नयाँ प्रविधि र अनलाइन व्यापारमा सामन्जस्य गर्न नसक्दा थप समस्याहरू देखा परेका छन्। स्थानीय व्यवसायी धर्मनाथ सर्राफका अनुसार, “अहिलेको अवस्थामा ग्राहकहरूको माग घटिरहेको छ, र हामीले पाएको नाफा पनि कम हुँदै गइरहेको छ। किनभने खुला सीमानाका कारण भारतको रक्सौलमा सामान सस्तोमा पाइन्छ, जसले गर्दा वीरगञ्जको बजारभन्दा रक्सौलको बजारमा भीड़ हुने गरेको छ।”
खुला सीमाना र सामानको सस्तो मूल्यले गर्दा उपभोक्ताहरू रक्सौलतिर आकर्षित भएका छन्। यसले गर्दा वीरगञ्ज बजारमा उपभोक्ताहरूको कमी महसुस गरिएको छ। किराना, लत्ताकपडा, हाडबेथर किचन आइटम र अन्य सामान्य वस्तुहरूको महँगो मूल्यले गर्दा ग्राहकहरू वीरगञ्जमा सामान किन्न नआउने गरेका छन्।
इसबै सामग्री रक्सौलबाट केरीयर मार्फत मगाएर व्यवसायीहरूले आफ्नो व्यवसायलाई कायम राख्न विभिन्न उपायहरू अपनाइरहे पनि, प्रतिस्पर्धा र उपभोक्ता खर्चमा कमीले गर्दा तिनीहरूलाई कठिनाइ भोग्नुपरेको छ। वीरगञ्ज महानगरपालिकाले व्यवसायीहरूलाई सहयोग पुर्याउने प्रयास गरिरहेको भए तापनि, व्यवसायमा गिरावट रोक्न तत्काल समाधान आवश्यक देखिन्छ।
व्यवसायीहरूले स्थानीय प्रशासनसँग सीमा जाँचमा कडाई गर्न माग गरेका छन्। आर्थिक जानकारहरूका अनुसार, वीरगञ्जको स्थानीय व्यवसायलाई सुदृढ बनाउनका लागि सरकार र स्थानीय प्रशासनले ठोस कदम चाल्न आवश्यक छ। सर्राफले भने, “आफ्नो व्यवसायलाई कायम राख्न नयाँ उपायहरूको खोजी गरिरहेका छौँ।”
आगामी दिनमा वीरगञ्ज बजारको अवस्था सुधार होस् भन्ने आशा गर्दै, व्यवसायीहरूले विभिन्न उपायहरूको खोजी गरिरहेका छन्। व्यवसायीहरूको अनुसार, वीरगञ्जको बजारमा पुनः भीड़ ल्याउनका लागि नयाँ रणनीतिहरू अपनाउनु जरुरी देखिएको छ। यात्रा डेली