विद्यानन्द यादव—
सर्लाही,असाढ ९
मलंगवा नगरपालिकाका मेयर नागेन्द यादवको प्रमुख अतिश्यमा प्रथम नगर किशोर किशोरी सम्मेलन २०८१ सम्पन्न भएको छ ।
शुक्रवार मलंगवामा एक कार्यक्रमका बीच प्रमुख अतिथी यादवले पानसमा बत्ती बालेर कार्यक्रम को उद्रघाटन गरेको हुन।
सो अवसरमा नगरपालिका कर्मचारीहरु , नगरका भद्र भलादमीहरु वडा अध्यक्षहरुरु , वुदिजिवीहरु , शिक्षक छात्रछात्राहरु राजनितीदलका प्रतिनिधीव्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम मा उपस्थिती व्यक्तित्वहरुको सामुने साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले किशोर किशोरीहरुमा उमेर बढेसंगै उनीहरुमा यौन जिज्ञासा शारीरिक सम्बन्ध लागु पदार्थको सेवन जस्ता कुलत का शिकार जस्ता गलत प्रकृतीहरु पनि हावी हुने भएकाले अभिभावकहरुले आफना किशोर किशोरीहरुको गलत क्रियाकलापबाट सचेत गराउनु पर्ने वताउनु भयो ।
युस.एस.ए.आई.डी को आर्थिक सहयोगमा कार्यक्रम भएको थियो सो अवसरमा मलंगवा नगरपालिका का भित्र विधालय का विधार्थीहरुको सहभागीता रहेको थियो ।

