Loktantra Khabar National Weekly
Ad

कबिलासीमा बेमौसमी तरकारी खेती तालिम सरु

लोकतन्त्र खबर
१० असार २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,असाढ ९

लघु उद्यमका लागि सीप विकास कार्यक्रम अन्तर्गत व्यावसायिक कृषिको माध्यमद्धारा कबिलासी नगरपालिकाको वडा न-३ मदनपुर र बिनगराका जनतालाई आत्मनिर्भर बनाउने उद्धेश्यले  ३ दिने बेमौसमी तरकारी खेती सम्बन्धि तालिम शनिवार बाट सुरु भएको छ।

सोमबारसम्म चल्ने सो तालिममा मदनपुर र बिनगराका २०-२० जना किसानलाई तीनवटा समूहमा विभाजन गरेर जम्मा ६० जना किसानहरुलाई तालिम दिइरहेको वडा न-३ का वडाअध्यक्ष राम विश्वास रायले जानकारी दिए।

तालिमका सहभागीहरुलाई प्रशिक्षकद्वय कृषि विज्ञ गणेश प्रसाद सिंह र जेटिए मनोज यादवले खेती गर्ने नयाँ पद्यती, प्रविधि ,बीउ, विजन, विभिन्न विषादी लगायत बेमौसमी तरकारी खेती गर्ने तरिका र त्यसको बारेमा जानकारी गराइरहेका छन् ।

नगरपालिकाको कार्यालयमा युवा एकता सामुदायिक विकास उत्थान संघ कबिलासी-७ सिरसियाका अध्यक्ष राम शत्रुधन महराको अध्यक्षतामा शनिवार सम्पन्न भएको तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि नगरप्रमुख ब्रम्हदेव राय,विशिष्ट अतिथि नगर उपप्रमुख एवं नेपाल नगरपालिका संघकी केन्द्रीय कार्यसमिति सदस्य पुनम कर्ण,कार्यपालिका सदस्य विनय कुमार कर्ण,वडा न-३ का वडाअध्यक्ष राम विश्वास राय,संघका कोषाअध्यक्ष विभा कुमारी,लोकतान्त्रिक विद्यार्थी संघ सर्लाहीका जिल्ला अध्यक्ष आकाश कुमार यादव,सहसचिव बिकेश ठाकुर लोहार लगायको उपस्थिति रहेको थियो।

सो तालिम कबिलासी नगरपालिका वडा न-३ को आर्थिक र प्राविधिक सहयोग तथा युवा एकता सामुदायिक विकास उत्थान संघको आयोजनामा संचालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्: