विद्यानन्द यादव—-
सर्लाही,असाढ ५
ने.क.पा एकिकृत समाजवादी पार्टीको जिल्ला कार्यसमिती सर्लाहीले दशौं राष्ट्रिय महाधिवेशनको लागी प्रतिनिधि छनोट गर्दै छ ।
पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाका अनुसार बुधवार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि छनौट गरिने कार्यक्रम रहेको छ ।
जस अनुसार क्षेत्र नं.१ का लागी लालबन्दी, क्षेत्र नं.२ का लागी मलंगवा , क्षेत्र नं.३ का लागी हरिऔन र क्षेत्र नं.४ का लागी गोडैता बजारमा सर्व सहमती वा मतदान प्रकृया द्वारा छनोट गरिने लामाले जानकारी गराएका छन् ।
देशभर वाट १८ सय ७८ महाधिवेशन प्रतिनिधि चयन हुन लागेको हो ।पार्टीको अहिले १ लाख ५० हजार सक्रिय सदस्य रहेको पार्टीले जनाएको छ ।
यहि असार १६ गते देखि २० गते सम्म पार्टीको राष्ट्रिय महाधिवेशन काठमाणडौं मा हुँदैछन ।
अध्यक्षमा वर्तमान अध्यक्ष माधव कुमार नेपाल तथा पार्टीको सम्मानित नेता झलनाथ खनाल ले पार्टी अध्यक्ष को दावेदारी मागि रहेका छन् ।

