
मनोज यादव—
सर्लाही,असाढ ५
सर्लाहीको हरिपुर्वा नगरपालिकामा लामखुट्टे घपाउनको लागि औषधि छर्कने क्रममा पिकअपगाडीमा आगलागी हुँदा दुई व्यक्ति गम्भीर घाइते भएका छन् ,भने औषधि छर्कने मेसिन समेत पुर्ण रुपमा क्षति भएको छ।
मंगलबार राती करिब सवा १० बजे हरिपुर्वा न.पा वडा न-४ स्थित डुमरिया टोलमा रौतहटको गौर न.पा बाट मगाइएको मधेस प्रदेश ०३-००१झ ०११८ नम्बरको पिकअप गाडीमा औषधि छर्कने क्रममा अचानक आफै आगो सल्किन गई आगलागी हुँदा आगोले पोलेर सोही गाडीमा सवार गौर न.पा-८ बस्ने गोतन साहका छोरा अन्दाजी वर्ष २५ को लक्ष्मीनारायण साह र सोही पालिकाको वडा न-४ बस्ने सरजुग पंडितको छोरा अन्दाजी वर्ष ५० को गेना पंडित घाइते भएका हुन्।
दुर्घटना भए लगत्तै घटनास्थलमा पुगेका प्रहरी टोली घाइते दुवै जनाको उद्धार गरि थप उपचारको लागि एम्बुलेन्समा राखेर जनकपुर पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।