Loktantra Khabar National Weekly
Ad

पलिकाहरु असारे विकासमा सक्रिय,असारमा काम गर्दा कमिसनको चलखेल बढी हुने

लोकतन्त्र खबर
५ असार २०८१

विद्यानन्द राय—
सर्लाही,असाढ ४

यतिबेला सर्लाहीका पालिकाहरुलाई असारे विकास गर्न भ्याई नभ्याई भएको छ ।

वर्षभरी सुतेरै तलब भता पकाउने पालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु असार सुरु हुने बित्तिकै बजेट पचाउनका लागि देखावटी विकास का कामहरु गर्न थालेका छन् ।

असारमा काम गर्दा कमिशन बढी पाउने भएकोले यस्तो भएको मलंगवाका एक स्थानीय बुद्धिजीवीको भनाइ छ।जिल्लाका मलंगवा, गोडैता , कविलासी , हरिपुर, बरहथवा , बागमती , हरिऔन , लालबन्दी, ईश्वरपुर हरिपुर्वा नगरपालिकाहरु तथा ब्रम्हपुरी, पर्सा , चन्द्रनगर, कौडेना , रामनगर, चक्रघट्टा,विष्णु , बसबरीया र धनकौल गाउँपालिकाहरुमा असारे विकास धमाधम भईरहेको हरिपुर न.पा का शिवजी धामीले बताए।

विकास निर्माणका कामहरु सुख्खा मौसममा गर्दा टिकाउ हन्थ्यो तर असारमा गरिने काम बजेट पचाउनको लागि मात्र गरेको उनको कथन रहेको छ ।

बरहथवाका रामबाबु रायका अनुसार असारे विकास जनताको आँखामा धुलो हालेर सरकारी बजेट आफनो खल्तीमा हाल्ने दाउ रहेको हो।

धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन साहले भने आफनो पालिकामा असार आउन भन्दा पहिला नै ९० प्रतिशत जति कामहरु सम्पन्न भईसकेको बताएका छन्।

अधिकांश उपभोक्ता समितीले आ-आफ्नो भुक्तानी समेत लगि सकेको जानकारी गराउँदै उनले जिल्लाका अन्य पालिकाहरुको जस्तै असार लागेपछि मात्र कामहरु थाल्ने चलन हाम्रो पालिकामा नरहेको दाबी गरेका छन् ।

कोडैना गाउँपालिकाका प्रमख प्रसाशकीय अधिकृत सोनेलाल साहले पनि आफ्नो पालिकामा पहिला देखि नै कामहरु भईरहेको जानकारी गराएका छन् ।

उनले आफु यस पालिकामा आए देखि कमिशन लिने र दिने दुवै काम पुर्णरुपमा बन्द भएको दाबी गरेका छन्।सुन्य सहनशिलताको निती अपनाएर कर्मचारीहरु काम गरिरहेको साहले बताए ।

प्रतिक्रिया दिनुहोस्: