Loktantra Khabar National Weekly
Ad

प्रादेशिक अस्पताल मलंगवाको सेवा प्रवाहबाट आफुहरु सन्तुष्ट रहेको कुरुवाहरुको भनाई

लोकतन्त्र खबर
५ असार २०८१

विद्यानन्द यादव—
सर्लाही,असाढ ४

मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल मलंगवालाई आफनो माहातमा ल्याएर ब्यापक सुधार गरेको छ। विगतमा फोहोरको डंगुर जस्तै देखिने अस्पताल अहिले विरामीहरुको आशाको केन्द्र बनेको छ।

प्रादेशिक अस्पताल मलंगवाको सेवा प्रवाहबाट आफुहरु सन्तुष्ट रहेको कुरुवाहरुले बताएका छन्।

पहिला चारैतिर झिगां र ढलको दुर्गन्धले बिरामीको रोग निको हुनुको सट्टा झन बढेर सिक्स्ति विरामी भई अन्यत्रको अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको थियो ।

तर अहिले भने अवस्थामा ठूलो परिवर्तन आएको छ।उक्त अस्पतालको अबस्थामा सुधार आएको बिरामी लिएर आएका कुरुवाहरुले बताएका छन् ।

विरामीहरु आफनै गाँउ ठाउँको सफा सुग्घर अस्पताल र दक्ष नर्स तथा विशेषज्ञ चिक्तिसकहरुको निगरानीमा औषधी गराउन पाउन पाउँदा ज्यादै नै खुशी लागेको कौडेना गाउपालिका वडा न-६ मोतीपुरका रामपुकार राय यादवले बताए।

उनका अनुसार पहिलाभन्दा अहिले व्यापक सुधार भएकोले नै आफनो बिरामीलाई उपचारको लागि यहाँ ल्याइएको बताए।

पहिला सरकारी अस्पताल र त्यहाँ दिने औषधीलाई हेलाको द्वष्टिले हेर्ने चलन थियो तर अहिले मानिसहरुको विश्वास यस प्रति बढेको छ।

आफ्नो बुवाको उपचार गराउन आएकी गोडैता नगरपालिका जयपुरी तेतरी देवी मुखियाको भनाई पनि उस्तै रहेको छ ।

उनका अनुसार नर्स , डाक्टरहरु विरामीलाई हेर्न छिनछिनमा आउने र बोली व्यवहार पनि राम्रो भएको छ। हामी मात्र औषधी किनेर ल्याई दिन्छौं र बाँकी काम उहाँहरुले गर्नुहुन्छ मुखियाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्: