Loktantra Khabar National Weekly
Ad

सहकारी संस्थाले गैर सदस्यसँग कारोवार गरे कार्यवाही हुने सहकारी विभागको चेतावनी

लोकतन्त्र खबर
२ असार २०८१

विद्यानन्द राय-
सर्लाही,जेठ ३२
सर्लाहीमा संचालित सहकारी संस्थाहरुले गैर सदस्य सँग आर्थिक कारोबार गर्दौ आएको पाइएको छ । जिल्लाका अधिकांश सहकारीहरुले आफनो संस्थाको शेयर सदस्य नै नरहेका व्यक्तिहरु सँग आर्थिक कारोवार गर्दै आएको एक जना सहकारीकर्मीले आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा जानकारी गराएको छ।

सहकारी ऐन नियम तथा संस्थाको विनियममा पनि गैर सदस्यसँग कारोवार गर्न नपाउने उल्लेख छ। यो कुरा स्पष्ट रुपमा लेखेको भएपनि यहाँका सहकारीहरु कानुनको धज्जिया उडाउँदै कमाउ धन्दामा लागेको ति सहकारीकर्मीले बताएका छन् ।

सहकारीका एजेन्टहरु पसल पसलमा गएर गैर सदस्यसँग पैसा उठाएर संस्थामा जम्मा गर्ने गरेको उनले दाबी गर्दै बताएका छन् ।

सहकारीको नियमअनुसार संस्थाबाट कारोवार गर्ने व्यक्तिहरुलाई वार्षिक साधारण सभामा बोलाउने , छलफल गर्ने , मतदान प्रक्रियामा भाग लिन लगाउने जस्ता अधिकारहरु हुने गर्दछन् । तर सर्लाहीका सहकारी संस्थाहरुले त्यस्ता व्यक्तिहरुलाई शेयर नै नदिई मात्र आर्थिक कारोवार गरेर ठगी धन्दा चलाइरहेको उनको भनाई रहेको छ ।

यस बारेमा सहकारी विभाग काठमाण्डौंका सूचना अधिकारी टोलराज उपाध्याय सँग बुझ्दा उहाँले गैर सदस्यसँग कारोवार गरेको पाइएमा त्यस्ता संस्थालाई सहकारी ऐन अनुसार कार्यवाही गर्ने बताउनु भयो । उहाँले यदी कुनै संस्थाले त्यस्तो कार्य गरी रहेको छ भने कसैले प्रमाणसहित जानकारी दिए विभाग तुरुन्त कार्यवाही गर्न तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: