Loktantra Khabar National Weekly
Ad

करण जोहरको फिल्म ‘किल’ को ट्रेलर सार्वजनिक

लोकतन्त्र खबर
३१ जेष्ठ २०८१

करण जोहरको निर्माण रहेको फिल्म ‘किल’ को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा एक सैनिकले ट्रेनमा आफ्नो प्रेमिकालाई प्रेम प्रस्ताव गरेको देखाइएको छ। केही समयपछि उक्त ट्रेनमा केही गुन्डा छिर्छन् र त्यसपछि लडाई सुरू हुन्छ।

फिल्ममा लक्ष्य लालवानी, बन्दी बना, राघव जुयाललगायत कलाकारको अभिनय छ। यस फिल्मलाई निखिल नागेश भट्टले निर्देशन गरेका हुन्।

फिल्म धर्मा प्रोडक्सन र सिख्या इन्टरटेन्मेन्टले मिलेर निर्माण गरेका हुन्। यो फिल्म ५ जुलाईदेखि प्रदर्शन हुनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: