Loktantra Khabar National Weekly
Ad

सुन तोलामा ६ सय बढ्यो

लोकतन्त्र खबर
३० जेष्ठ २०८१

काठमाडौं जेठ ३० , दुई दिन लगातार स्थिर रहेको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ६ सयले बढेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार र सोमबार तोलाको १ लाख ४१ हजार रुपैयाँमा स्थिर थियो । आइतबार पनि यही भाउ कायम थियो । गत शुक्रबार भने १ लाख ४५ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

महासंघका अनुसार बुधबार तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार ८ सय २० रुपैयाँ पुगेको छ । मंगलबार १ हजार ८ सय १५ तथा सोमबार र आइतबार १ हजार ८ सय २५ रुपैयाँमा किनबेच भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: