Loktantra Khabar National Weekly
Ad

हरिवनका जनप्रतिनिधिहरुले क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा सैद्धान्तिक सम्बन्धि थप ज्ञान पाउने भए

लोकतन्त्र खबर
२२ जेष्ठ २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,जेठ २२

स्थानीय तहमा जनप्रतिनिधिहरुको भूमिका र दायित्व सम्बन्धि प्राविधिक तथा सैद्धान्तिक ज्ञान र क्षमता वृद्धिको लागि तालिमको माग गर्दै हरिवनका महिला जनप्रतिनिधिहरुले नगरप्रमुख तथा नगर उपप्रमुखलाई प्रस्तावना पेश गर्दै सो विषयमा ध्यानाकर्षण गराएका छन् ।

यसकालागि नगरप्रमुख रमेश बुढाथोकी `कमल´र नगर उपप्रमुख हरीमाया घलानले छुट्टै बजेट विनियोजन गरिदिएका छन।

जनप्रतिनिधिहरुमा प्राविधिक तथा सैद्धान्तिक ज्ञानको कमि भएको महसुस गरेपछि हरिवन न.पा अन्तर्गतका महिला जनप्रतिनिधिहरुको हकहित सशक्तीकरण कार्यगत एकता ,क्षमता विस्तार तथा सुदृढीकरण गर्ने उदेश्यले तारा विश्वकर्माको संयोजकत्वमा गठन भएको २३ सदस्यीय हरिवन महिला जनप्रतिनिधि संजालको २०८० साल बैशाख ४ गते बसेको बैठकले सो तालिम संचालनका लागि बजेट विनियोजन गरिदिन माग गर्दै २०८० साल बैशाख १७ गते नगर प्रमुख र उपप्रमुखलाई प्रस्तावना पत्र बुझाएका थिए।

गतवर्ष नै प्रस्तावना पत्र बुझाएको भएपनि त्यसमाथि खासै चासो र छलफल भएको थिएन।माण्डवी संस्थाको शि-लिड्स कार्यक्रम अन्तर्गत हरिवनमा महिला जनप्रतिनिधिहरुको लागि संचालित ६ वटा मोड्युलको तालिम अन्तर्गत चौथो मोड्युलको तालिममा समावेश स्थानीय सरकारको योजना तथा बजेट निर्माण प्रक्रियाको विषयमा सबै जनप्रतिनिधिहरुलाई विस्तृत तालिमको आवश्यक्ता परेको संजालले महसुस गरेको थियो।

गएको आर्थिक वर्षदेखिनै संजालले बजेट विनियोजन गरिदिन माग गर्दै आएका थिए।

पटकपटकको चासो र फलोअप पछि तालिम संचालनका लागि रु.१० लाख बजेट विनियोजन भएको र यही जेठको अन्तिम साताबाट तालिम सुरु हुने संजालकी सचिव सोनी गुर्मछानले बताइन।

स्थानीय तहको चुनावमा निर्वाचित भएर आएका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि माण्डवीले विभिन्न ६ वटा मोड्युलमा तालिमहरु संचालन गरिसकेको र सो तालिम लिइसकेका महिला जनप्रतिनिधिहरुको कार्य क्षमतामा वृद्धि भएको र सामाजिक विकास नेतृत्व समेत आफैले लिन थालेको माण्डवीकी रमा पौडेलले बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्: