
दिपेश कुमार शाह /रौतहट
रौतहटको कटहरीया नगरपालिका स्थित बिर्ती प्रस्तोका स्वास्थ्य चैकीमा समुदायमा क्षयरोग जोखिम तथा स्वास्थ रोगको पहुच कम भएका समुदायमा स्कृय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको छ ।
क्षयरोग सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका छन् ।
यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवन शैली हो । , ‘स्वास्थ्यकर्मीसहितको टोली तिलाका ग्रामीण स्वास्थ्य चौकी बिर्तीमा पुगेर स्वास्थ्य कार्यक्रम क्षयरोग खोजपडताल संचालनबाट यहाँका करिब धेरै जना लाभान्वित भएका छन् ।’
स्वास्थ्य सेवालाई सहज पहुँच पुर्याउनका लागि केन्द्रित स्वास्थ्य सेवा दिने थालेको वडा अध्यक्ष सयमाकन्थ यादवले जानकारी दिनुभयो ।
नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई गाउँमा लिएर स्थानीयवासिको स्वास्थ्य जाच र उनीहरूको स्वास्थ्य समस्या बारे समाधान गर्नका लागि गाउँमा संचालन जस्ता राहत हुने कार्यक्रम स्थानीय सरकारले विशेष प्रथामिकतामा राखेर काम गरेको वडा अध्यक्ष यादवको भनाइ छ
गाउँमै क्षयरोग सम्बन्धि स्वास्थ्य कार्यक्रम संचालन गरेकोमा यहाँका स्थानीयवासिलाई स्वास्थ्य चेकचाँज गर्न सहज भएको कटहरीया नगरपालिका वडा नं ३ का स्थानीयवासि माने यादवले बताउनुभयो ।
पालिकाका वडाअध्यक्ष सयामकन्थ यादव स्वास्थ्य शाखा प्रमुख शंकर प्रसाद यादव स प्रमूख दिनेश यादव तथा जेष्ठ नागरिक लगायत स्थानीयवासिले स्वास्थ कार्यक्रम बाट सेवा लिएको कटहरीया नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।