Loktantra Khabar National Weekly
Ad

जनकपुरधामस्थित रेलबाट भारततर्फ लैजाँदै गरेको एक युवतीको सकुशल उद्धार

लोकतन्त्र खबर
१७ जेष्ठ २०८१

सशस्त्र प्रहरीले जनकपुरधामस्थित रेलबाट भारततर्फ लैजाँदै गरेको एक युवतीको सकुशल उद्धार गरेको छ ।

बुधबार जनकपुरधाम उपमहानगरपालिका– १ स्थित रेल्वे स्टेसनबाट रेल्वे सुरक्षा बेश जनकपुरधामका सशस्त्र प्रहरी सहायक निरीक्षक महेश राईको ५ जनाको टोलीले यात्रु चेकजाँच गर्ने क्रममा जनकपुरधामस्थित बसबिटी बस्ने २२ वर्षीया काजल मुखियालाई उद्धार गरेको जनाएको छन् ।

जनकपुरधाम उपमहानगरपालिका– २२ बसबिटीकी काजल मुखियालाई जनकपुरधाम उपमहानगरपालिका– १५ मौवाकी २२ वर्षीया पिंकी मुखियाले जनकपुरधामबाट रेलमा भारतको जयनगरतर्फ लैजान लागेको भन्ने बुझ्न आएपछि नियन्त्रणमा लिएको सशस्त्र प हरी बल नेपाल नम्बर ८ गण हेक्वाटर धनुषाका प्रहरी निरीक्षक सुरेश लामाले बताए ।

उनी आफन्तको सम्पर्कमा नआएकोले दुवै जनालाई नियन्त्रणमा लिई शान्ति पुनस्र्थापना केन्द्र धनुषाको जिम्मा लगाइएर जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: