Loktantra Khabar National Weekly
Ad

१६ जिल्लाका सिडिओको सरुवा, कस्को सरुवा कहाँ ?

लोकतन्त्र खबर
१७ जेष्ठ २०८१

वीरगञ्ज । सरकारले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २५ जना सहसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले बुधबार सुनसरी, कास्की, चितवन, मकवानपुर, सप्तरी, सर्लाहीलगायत जिल्लाका सिडिओलाई सरुवा गरेको हो ।

सुनसरीका सिडिओ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने त्यहाँ रामचन्द्र तिवारीलाई सिडिओको जिम्मेवारी दिइएको छ।

त्यस्तै मकवानपुरका सिडिओ सूर्यप्रसाद सेढाईलाई काभ्रे सरुवा गरिएको छ भने तिनको ठाउँमा तीर्थराज चिलुवालाई पठाइएको छ। त्यस्तै चितवनका सिडिओ भुपेन्द्र थापालाई सिन्धुपाल्चोक सरुवा गरिएको छ भने त्यहाँ इन्द्रदेव यादवलाई पठाइएको छ ।

त्यस्तै कास्कीका सिढिओ बासुदेव घिमिरेलाई गृह मन्त्रालय तानिएको छ भने त्यहाँ भरतमणि पाण्डेलाई पठाइएको छ।त्यस्तै अध्यागमन कार्यालय त्रिअबिमा सुरेश पन्थीलाई पठाइएको छ भने त्यहाँ रहेका नरबहादुर थापालाई भोजपुरको सिडिओको जिम्मेवारी दिइएको छ।  यात्रा डेली 

null

null

प्रतिक्रिया दिनुहोस्: