सर्लाही,१४ जेष्ठ
लोकतन्त्रवादी पत्रकारको संस्था नेपाल प्रेस युनियनले आज सर्लाही सहित देशभरि बार्षिकोत्सव मनाएको छ ।
सर्लाहीको हरिपुरमा नेपाल प्रेस युनियन सर्लाहीले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ ।
नेपाल प्रेस युनियन जिल्ला कार्य समिति सर्लाही शाखाको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गरेर आज नेपाल प्रेस युनियनले स्थापना दिवस मनाएको छ।
लाेकतान्त्रिक मूल्यमान्यता र त्यस अनुरूपकाे जीवन दर्शन सुदृढ गर्ने पत्रकारिता प्रतिको हाम्रो निष्ठा सदैव कायम रहने जिल्ला अध्यक्ष कृष्णप्रसाद थपलीयाले बताउनुभयो ।
श्रमजीवी पत्रकारहरूकाे विश्वास र भराेसा अक्षुण्ण का साथ निरपेक्ष व्यावसायिकता भन्दा पनि उच्चतम आदर्शमा आधारित रहेर आजकै दिन नेपाल प्रेस युनियन स्थापना भएको सर्लाही जिल्ला सचिव रामबाबु खडकाले जानकारी दिनुभयो ।
विसं २०४८ जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारको भेलाले लोकतन्त्र र श्रमजिवी पत्रकारको पक्षमा सङ्गठितरुपमा अगाडि बढ्ने अठोट सहित नेपाल प्रेस युनियनको स्थापना भएको थियो ।
समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बिध्यानन्द रायले स्थापना दिवसको शुभकामना दिनुभयो ।
त्यस्तै पत्रकार बखतीयार अलीले पनि स्थापना दिवसको शुभकामना दिनु हुदै सर्लाहीका पत्रकार एक ढिका भएर तिनै तहमा आफ्नो स्थान सुरक्षित राख्न आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि हरिपुर नगरपालिकाका नगर उप प्रमुख निलम देवी राय यादवले शुभकामना दिनु हुदै उहाले युनियनकर्मीलाई पुराना तितामिठा कुरा बिर्सेर एक ढिक्का हुन आग्रह समेत गर्नुभयो ।

