Loktantra Khabar National Weekly
Ad

यी हुन् बलिउडमा फ्लप भएका दक्षिण भारतीय सुपरस्टार

लोकतन्त्र खबर
१४ जेष्ठ २०८१

पछिल्लो समय बलिउडमा दक्षिण भारतीय फिल्मकै दबदबा देखिन्छ। दक्षिण भारतीय फिल्म हिन्दी डबमा हेरेर रूचाउने दर्शक धेरै छन्।

तिनै कलाकार बलिउड फिल्ममा भने रूचाइएका छैन। कमै दक्षिण भारतीय कलाकार छन् जसले बलिउडमा आफ्नो छाप छोडेका छन्।

आज हामी बलिउड फिल्ममा नरूचाइएका अभिनेताको कुरा गर्दैछौं–

प्रभास
दक्षिण भारतीय अभिनेता प्रभासले सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘सलार’ बाट बलिउडमा डेब्यू गरेका थिए। सुजीतले निर्देशन गरेको फिल्ममा श्रद्धा कपूरको पनि मुख्य भूमिका थियो। तर फिल्म बक्स अफिसमा असफल भयो।

विजय देवरकोन्डा 
दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले बलिउड फिल्म ‘लाइगर’ मा अभिनय गरेका थिए। पुरी जगन्नाथले निर्देशन गरेको फिल्ममा विजयसँगै माइक टायसन, अनन्या पाण्डे, रम्या कृष्णन, रोनित रायलगायत कलाकारको अभिनय छ। यस फिल्मको बजेट १२५ करोड भारू थियो। तर फिल्म फ्लप भयो।

दक्षिण भारतीय फिल्म ‘गीता गोविन्दम’, ‘अर्जुन रेड्डी’, ‘डियर कमरेड’ जस्ता हिट दिएका विजय बलिउडमा फ्लप सावित भएका छन्।

नागा चैतन्य
दक्षिण भारतीय अभिनेता नागा चैतन्यले आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ बाट बलिउडमा डेब्यु गरेका थिए। यो फिल्म बक्स अफिसमा असफल हुनुको साथै नागालाई पनि दर्शकले खासै रूचाएनन्।

सुर्या
तमिल सुपरस्टार सुर्याले हिन्दी फिल्ममा डेब्यू गरिसकेका छन्। उनी फिल्म ‘रक्त चरित्र २’ मा देखिएका थिए। योसँगै उनी आफ्नो तमिल फिल्म ‘ईटी’ को हिन्दी संस्करण लिएर फिल्म हलमा पुगेका थिए। दुवै फिल्म बक्स अफिसमा असफल भए।

राम चरण
तेलुगु अभिनेता राम चरणले फिल्म ‘जन्जिर’ बाट बलिउडमा डेब्यु गरेका थिए। यो फिल्म बक्स अफिसमा फ्लप भयो। ‘आरआरआर’ मार्फत उनले हिन्दी दर्शकको माया पाएका छन्।

दलक्वीर सलमान
मलयालम फिल्मका स्टार दलक्वीर सलमान इमरान खानको फिल्म ‘कारवां’ र सोनम कपूरसँग ‘जोया फ्याक्टर’ मा देखिएका थिए। दुवै फिल्म बक्स अफिसमा फ्लप भए। सेतोपाटी

 

 

प्रतिक्रिया दिनुहोस्: