Loktantra Khabar National Weekly
Ad

सुनको भाउ ३ सय बढ्यो

लोकतन्त्र खबर
१४ जेष्ठ २०८१

काठमाडौं जेठ १४ , सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३६ हजार ९ सय रुपैयाँ थियो ।

जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८८० रुपैयाँ कायम भएको छ । जेठ ७ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला १ हजार ९४० रुपैयाँ पुगेको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: