Loktantra Khabar National Weekly
Ad

सुनको भाउ स्थिर

लोकतन्त्र खबर
१३ जेष्ठ २०८१

काठमाडौं जेठ १३, आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १८५५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि जेठ ७ गते चाँदीको भाउ अहिलेसम्मकै उच्च १९४० रुपैयाँ पुगेको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: