
काठमाडौं जेठ ११, न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा बढुवा गरेको हो ।
कामू नायव महान्यायाधीवक्ता खेमराज ज्ञवाली महान्यायाधीववक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधीवक्तामा बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् ।
आयोगले सर्वोच्च अदालतका सह-रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषदको सचिवमा बढुवा गरेको छ । अनि न्यायपरिषदका कामू सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: