Loktantra Khabar National Weekly
Ad

दुई दिनमा ३६ सय घट्यो सुन

लोकतन्त्र खबर
११ जेष्ठ २०८१

काठमाडौं जेठ ११ , सुनको भाउ शुक्रबार पनि तोलामा १८ सय रुपैयाँ घटेको छ । योसहित दुई दिनमा ३६ सय घटेको छ । अघिल्लो दिन पनि सुन १८ सय घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३८ हजार ७ सयमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । सोमबारयता निरन्तर भाउ घटेको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा तोलाको १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ मा झरेको छ । यसअघि सोमबार चाँदी हालसम्मकै उच्च तोलाके १९ सय ४० रुपैयाँ पुगेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: