Loktantra Khabar National Weekly
Ad

राष्ट्रिय अनुसन्धान विभागले माग्यो तीन पदका लागि २५२ कर्मचारी

लोकतन्त्र खबर
११ जेष्ठ २०८१

राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ।

शुक्रबार सूचना प्रकाशित गरी विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो।

विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो।

दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड र परिचरका लागि तोकिएको स्थानहरुमा उपस्थित भई आवेदन दिनुपर्नेछ।

सहायक सूचक र  सुरक्षागार्डका लागि लागि तीन सय रूपैयाँ र परिचर पदका लागि २ सय रूपैयाँ दरखास्त शुल्क बुझाउनुपर्नेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: