
सर्लाही १० जेष्ठ ,
एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सर्लाहीले नव आगन्तुक २ सय बढि शिक्षक कर्मचारीहरूलाई गमछा र टीका लगाएर स्वागत गरेकाे छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष बिश्वनाथ यादवकाे अध्यक्षता तथा नेकपा माअाेवादी केन्द्रका प्रदेश इन्चार्ज लिलामनी पाेखरेलकाे प्रमुख आतिथ्यतामा नवप्रवेशी शिक्षकहरूलाई स्वागत तथा सम्मानित गरिएकाे एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ ।
यश अवसरमा पुर्ब मन्त्री रामेश्वर राय यादव, बरहथवा नगरपालिकाका पुर्ब मेयर देवाननद महताे शिक्षक संगठनका प्रदेश अध्यक्ष भुपनारायण अधिकारी तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका सल्लाहकार समितिका उप संयाेजक रामेश्वर प्रसाद यादव लगायतका ब्यक्तिहरूकाे कार्यक्रम उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमका बक्ताहरूले शिक्षा एैन, नियमावली, संघिय शिक्षा एैन र निर्देशिकामा बृहतर सुधारकाे खाचाे रहेकाे बताएका थिए ।
शिक्षा र स्वास्थमा वृहतर सुधारकाे विकल्प नरहेकाे उपस्थित महानुभावहरूले बताएका थिए ।
नवप्रवेशी शिक्षकहरूले अाफुहरूलाई स्वागत तथा सम्मान गरेपछि शिक्षकहरूकाे मनाेबल बढेकाे बताएका थिए ।