Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा पहिलोपटक सुरु भएको सवारी लाइसेन्सको लागि ट्रायलमा २ सयभन्दा बढी सहभागी,चक्रघट्टाकी स्नेहा बनिन लाइसेन्स प्राप्त गर्ने पहिलो सेवाग्राही

लोकतन्त्र खबर
६ जेष्ठ २०८१

मनोज यादव—
सर्लाही,जेठ ६

सर्लाहीमा पहिलो पटक सवारी साधन अनुमति पत्रको प्रयोगात्मक परीक्षा सुरु भएको छ ।

मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री बेची लुंगेली द्बारा गत शुक्रवार जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित रहेको मलंगबाबा ट्रायल सेन्टरको उद्घाटन भएसँगै सवारीसाधनको प्रयोगात्मक(ट्रायल) परीक्षा सुरु भएको हो।

प्रयोगात्मक परीक्षा तथा ट्राइल सेन्टरको स्थलको अनुगमन तथा उद्घाटन गर्दै मन्त्री लुंगेलीले यातायात व्यवस्था कार्यालय सर्लाहीमा कार्यरत कर्मचारीजरुलाई सेवाग्राहीलाई छिटो र सहज रुपले सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

अहिले मधेस प्रदेशमा लिखित र ट्रायल परीक्षा नदिइकनै पैसा खर्च गरेर लाइसेन्स लिन पाइन्छ भन्ने जुन कुराले व्यापकता पाइरहेको छ त्यसलाई निरुत्साहित गर्न पुर्णरुपमा प्रशिक्षित भएर सरकारको नियमलाई समेत पालना गर्दै आफ्नै मेहनतले लाइसेन्स लिन उनले सुझाव दिए।

कार्यालयमा कर्मचारी र स्रोत साधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री लुंगेलीले त्यसको हल गर्ने प्रतिबद्धता समेत जनाए ।

यातायात कार्यालय सर्लाहीले गत जेठ १ गतेदेखि सवारी चालक अनुमती पत्र जारी प्रक्रिया सुरु गरेको छ ।

प्रयोगात्मक परीक्षा (ट्रायल)को सुरुवातको पहिलो दिन २४४ जना परिक्षार्थीहरु सहभागी भएका थिए ।उनीहरू जेठ २ र ३ गतेको लिखित परिक्षामा उतिर्ण भएर ट्रायलको लागि सहभागी भएका थिए।

यातायात व्यवस्था कार्यालय सर्लाहीका प्रमुख राकेश यादवले यस कार्यालयबाट प्राप्त हुने सेवा सुवियसको सहजतामा कुनै कसर बाँकी नराख्ने बताए ।

लाइसेन्स वितरण कार्य सुरु भएसँगै अब यस कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरण, रुट परमिट लगायतका सम्पूर्ण सेवाहरु सुचारू भइसकेको प्रमुख यादवले जानकारी दिए।

यसै अवसरमा स्कुटीको लाइसेन्सका लागि ट्रायलमा उतिर्ण गरेर पहिलो सेवाग्राही बन्न सफल जिल्लाकै चक्रघट्टा गाउँपालिका वडा न-५ की स्नेहा कुमारी मण्डलाई प्रमुख अतिथि मन्त्री लुंगेलीले आफ्नै हातबाट परीक्षा उतिर्ण भएको प्रमाणपत्र प्रदान गरेका थिए।

उद्घाटन कार्यक्रममा मधेस प्रदेश सांसद कौशल किशोर राय,पुर्व संघीय सांसद प्रमोद साह,पुर्व मधेस प्रदेश सांसद निरा देवी साह लगायतको उपस्थिति रहेको थियो।

यसअघि सर्लाही यातायात व्यवस्था कार्यालयबाट लाईसेन्स बितरणको कार्य नहुँदा जिल्लाका हजारौँ सेवाग्राहीहरुलाई लाहान, जनकपुर ,बर्दिबास र वीरगंज पुग्नु पर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्: