Loktantra Khabar National Weekly
Ad

सेना द्वारा चन्द्रनगरमा नि:शुल्क स्वास्थ्य शिविर तथा विपद व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
६ जेष्ठ २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ ६

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-९ नाढीमनमा नेपाली सेनाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सयभन्दा बढीले सेवा लिएका छन् ।

श्री भैरवी दल गणको पहलमा श्री फिल्ड अस्पतालको अगुवाई तथा चन्द्रनगर गा.पा, नगर अस्पताल लालबन्दी, सत्यनाम हस्पिटलप्रा.लि,ईमजिङ् एण्ड डाइग्नोस्टिक सेन्टरको सहयोग तथा सहकार्यमा शनिवार सम्पन्न भएको इलाका नि:शुल्क स्वास्थ्य तथा ‍औषधी वितरण शिविरमा महिला, पुरूष, बालबालिका र वृद्धवृद्धा गरी ७ सय ८ जनाले स्वास्थ्य परिक्षण गराएका हुन ।

चन्द्रनगर गा.पा र आसपासका गाउँका नागरिकहरुलाई पायक पर्ने नाढीमन ताल नजिकै संचालन भएको उक्त शिविरमा श्री भैरवी दल गणका निमित्त गणपति सेनानी पवन बिष्ट,श्री फिल्ड अस्पताल बर्दिवास प्रालि का डा. कविता कर्माचार्य,लालबन्दी नगर अस्पतालका डा. राम विश्वस राय, ईमजिङ् एण्ड डाइग्नोस्टिक सेन्टर, सत्यनाम हस्पिटल प्रा.लि.का डा.अनिल र चन्द्रनगर गा.पा. स्वास्थ्य शाखाका डा अमीतको नेतृत्वमा खटिएका स्वास्थ्यकर्मीहरुको संयुक्त टोलीले बिरामीहरुको स्वास्थ्य परिक्षण गरि नि:शुल्क औषधि वितरण गरेका थिए।

शिविरमा आएका बिरामीहरुले प्रसुती तथा स्त्री रोग, बाल रोग,दन्त रोग,मनो रोग,नाक,कान,घाँटी,आँखा,मधुमेह र रक्तचाप जाँच तथा ओपिडी,रेडियोलोजी र अर्थोपेडिक सेवा लिएका थिए।

स्वास्थ्य शिविर संचालनकै क्रममा गणले स्थानिय बासिन्दाहरुलाई हाल जिल्लामा भई रहेको आगलागी तथा विपद व्यवस्थापन सम्बन्धी सचेतना र सर्पदंशको उपचार सम्बन्धि जानकारीको साथसाथै नेपाली सेनाको भर्ना प्रक्रिया र Mine Risk Education र Heat Wave सम्बन्धी कक्षा संचालन गर्नुका साथै शिविरलाई सफलतापुर्बक सम्पन्न गराउन विशेष रुपमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रशंसा प्रत्र समेत वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: