
विद्यानन्द राय—
सर्लाही,जेठ ४
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड जनकपरधाम शाखाका स्टोर किपर इन्द्र प्रसाद खनाल कार्यालयको रकम हिनामिना गरि फरार भएका छन् ।
कार्यालयलाई कुनै जानकारी नदिई विगत १६ दिनदेखि उनी फरार रहेको स्रोतले जानकारी गराएको छ।
स्टोरकिपर खनालले करिब ३२ करोड रुपैयाँको हिनामिना गरेको र सोही कारण कार्यालय आउन छोडेको श्रोतले बताएको छ।
खनालले गतवर्ष पनि ११ करोड रुपैयाँ हिनामिना गर्दा केन्द्रले भित्रै भित्रै मिलाएको श्रोतको आरोप छ।
आफहरुले किताब खरीदको लागी जनक शिक्षा सामाग्री केन्दको खातामा गरेको बैक भाउचर लिई स्टोरमा जाँदा किताब नभएको र बिलमा बाँकी लेखेर पठाउने गरेको एक पुस्तक व्यवसायीले बताए।
हामीले पैसा तिरी सकेपछि २-४ दिन भित्रमा किताब पाउनु पर्थ्यो तर अहिले सम्म पाउन नसकेको उनको भनाइ छ ।जुन सामदायिक विधालयका किताब दिन्छु भन्ने विश्वास दिलाएको थियो , त्यहाँ पनि हाम्रो विश्वास टुटेको छ ।
अर्को वर्षबाट हामीलाई विधालयले पल्याउदैन । हाम्रो पैसा र प्रतिष्ठा दुवै टुटेको ति व्यापारीको कथन रहेको छ ।
त्यसै गरि ट्रान्सपोटेसन खर्च वापत दिने गरेको २ प्रतिशत रकम पनि जनक शिक्षाले आज सम्म फिर्ता नगरेको र सो वापत खर्च माग्दा अनावश्यक प्रकिया रहेको र केन्द्रमा कर्मचारीहरु आफै खाने गरेको आरोप लगाउनभयो ।
जनकशिक्षा सामाग्री केन्द्र लि. सानोठिमी भक्तपुरका महानिर्देशक अनिलले स्टोरकिपर सम्पर्कमा आइसकेको बताउनभयो । उहाँले स्टोरकिपर माथि आन्तरिक रुपमा छलफल वढाइसकेको बताउनुभयो ।
जनकशिक्षा सामाग्री केन्दका जनकपुरधाम शाखाका प्रमुख रुद्र खनालले पनि स्टोर किपर सम्पर्कमा आइसकेको तर उहाँले कुनै घोटाला नगरेको दाबी गर्नभयो ।
उहाँले व्यापारीहरुले अनावश्यक हल्ला मात्रै फैलाइएको भन्दै दु:ख व्यक्त गर्नुभयो । लेखापाल रमेशले पस्तक व्यवसायीले नगरपालिका वा गाउँपालिकाबाट किताब खरीद गरेको बिल ल्याएमा ट्रान्सपोटेसन बापत लाग्ने खर्च दिन आफुहरु तयार रहेको बताउनभयो ।
उहाँले जुन व्यापारी प्रक्रिया पुर्याएर आउँछ त्यस्ता व्यापारीले यातायात खर्च वापत २ प्रतिशत रकम को भुक्तानी केन्द्रले दिइरहेको दावी गर्नभयो ।