लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ २
हेल्प मधेशीकाे सहयोगमा बाल कल्याण समाज सर्लाहीले २० जना टुहुरा बालबालिकालाई विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ।
संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा शिक्षक महासंघ रामनगर गाउँपालिकाका अध्यक्ष तथा तपस्वी जगदेव माध्यमिक विद्यालय रामनगर-३ खैर्वा बहुअर्वाका प्रधानाध्यापक गजेन्द्र यादवको प्रमुख आतिथ्यमामा मंगलबार एक कार्यक्रमको आयोजना गरि तपश्वी. जमाविका १३ जाना र बागमती माविका ७ जाना गरी जमा २० जाना टुहुरो बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो।
हेल्प मधेश अमेरिकी प्रतिनिधि ईन्जिनियर राजाराम यादवको आर्थिक सहयोगबाट खरिद गरि प्रति विद्यार्थी ६ थान काँपी, ६ थान बल पेन,१ थान स्टेप बाई स्टेप ट्रान्सलेसन किताब, १ थान औजार बक्स र १ सेट कलर पेन्सिल वितरण गरेको संस्थाका अध्यक्ष रायले जनाएको छ।
तपस्वी माविको सभाहलमा भएको कार्यक्रममा बागमती माविका शिक्षक अजय यादव , संजय यादव,बाल कल्याण समाजका सदस्य बिनिता यादव, युवा विद्यार्थी तथा समाजसेवी अभिषेक लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन शिक्षक मन्जित मण्डलले गरेका थिए।
शैक्षिक सामग्री पाई सकेपछि निकै खुसी देखिएका बालबालिकाहरू सहयोगी हातहरुलाई धन्यबाद दिएका थिए। साथै आउने दिनहरुमा पनि यसै किसिमका सहयोगहरु गर्न समेत अनुरोध गरेका थिए।

