Loktantra Khabar National Weekly
Ad

एमालेको कार्यक्रममा तेक्वान्दोे खेलाडी पासवान घाईते

लोकतन्त्र खबर
३० बैशाख २०८१

लोकतन्त्र समाचारदाता
सर्लाही ३० बैशाख,

नेकपा एमालेको ९ औ जिल्ला अधिवेशन समुदघाटन समारोहमा तेक्वान्दोे प्रदर्सन गर्ने क्रममा तेक्वान्दो खेलाडी आशुतोस पासवान घाईते भएको छ ।

तेक्वान्दो खेलाडी पासवान आज समुदघाटन समारोहमा आफनो खेलको प्रदर्शन गर्ने क्रममा ३ वटा मार्बललाई एकै चोटी किक हानेर फुटाएका थिए ।

सोही मार्बल फुटाउने क्रममा खेलाडी पासवानको बायाँ खुट्टामा ३ ठाउमा गम्भीर चोट लागेर काटिएको छ ।

घाईते खेलाडी पासवानको अहिले सर्लाही असपताल मलंगवामा उपचार भईरहेको छ ।

घाईतेको खुट्टामा १५ भन्दा बढि टाका लगाउनुपर्ने चिकित्सकले जनाएको छ ।

खुटा काटिएर रगत बढि बगेपनि हाल खेलाडी पासवानको अवस्था सामान्य रहेको छ ।

लालबन्दी नगरपालिका– २ बस्ने तेक्वान्दो खेलाडी पासवान विगत १२ बर्ष लेखी तेक्वान्दो खेलाउदै आएको हो ।

उनी तेक्वान्दोको सेकेन्ड डन समेत रहेको बताएईको छ ।

प्रतिक्रिया दिनुहोस्: