Loktantra Khabar National Weekly
Ad

बाराउधोरणका आगलागी पीडितलाई राहत वितरण

लोकतन्त्र खबर
३० बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख ३०

सर्लाही युवा संजालले आगलागी पीडितलाई राहत वितरण गरेको छ।विष्णु गाउँपालिका,बाराउधोरणका आगलागी पीडित ६१ घरपरिवारलाई राहत वितरण गरेको हो।

शनिबार संजालका युवा समूह गाउँमै पुगेर प्रति घरपरिवार साडी,लुंगी,गन्जी,हाफ पाइन्ट,गमछा कापी,पेन्सिल,दलबुट,बिस्कुट लगायतका सामाग्री वितरण गरेका छन्।

केही दिन अगाडी बाराउधोरणमा भएको भिषण आगलागीबाट घरसहित नगद तथा जिन्सी सामान लगायत गरगहना, अन्नपात तथा लुगाफाटो पुरै जलेको थियो ।

प्रतिक्रिया दिनुहोस्: