Loktantra Khabar National Weekly
Ad

पानी परेसँगै गर्मीबाट राहत,आँप र लिच्चीलाई पनि फाइदा

लोकतन्त्र खबर
२७ बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख २७

लामो समयदेखि सुख्खा ,खडेरी र प्रचण्ड गर्मीका कारण सर्लाहीसहित तराईका जिल्लाहरुको जिनजीवन प्रभावित भइरहेको बेला बैशाखको अन्तिम साता आएर पानी पर्दा केही राहत मिलेको छ ।

गर्मीबाट आजित बनेका स्थानीयले शीतलताको महसुस गरेका छन् भने किसानहरू बालीनाली सप्रिने भन्दै हर्षित बनेका छन् ।

पछिल्लो दुई साता यता तापक्रम बढेर अधिकतम ४३ डिग्री सेल्सियससम्म पुगेको थियो ।

दिउँसोको समयमा भने लू जस्तै तातो हावा पनि चल्न थालेको थियो ।पोखरी र तलाउहरु सुक्दै गएका थिए।

चापाकल लगायत खानेपानीका श्रोत पनि सुक्दै जाँदा शहरी तथा ग्रामीण क्षेत्रमा खानेपानीको हाहाकार समेत सुरु भइसकेको थियो ।तर मंगलबार दिउँसो भएको वर्षा पछि स्थानीयहरुलाई ठूलो राहत मिलेको छ।

वर्षाले तरकारी बालीसहित आँप र लिच्चीलाई पनि फाइदा पुर्याएको रामनगर गाउँपालिका,खैर्वाका किसान विशम्भर यादवले बताए । अब किसानलाई खेतबारी खन जोत गर्न र बाली लगाउन सहज भएको यादवले बताए।

प्रतिक्रिया दिनुहोस्: