Loktantra Khabar National Weekly
Ad

सुनचाँदीको भाउ स्थिर

लोकतन्त्र खबर
२६ बैशाख २०८१

काठमाडौं वैशाख २६ , बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै कारोबार मूल्यलाई बुधबार पनि यथावत राखेको हो ।

जसअनुसार आज तोलामा १ लाख ३६ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ ताेलामा १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन तोलाको १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: