Loktantra Khabar National Weekly
Ad

आशिष सामाजिक सेवा नेपालको पहलमा सम्पर्क बिहिन युवतीको भारतबाट उद्धार

लोकतन्त्र खबर
२५ बैशाख २०८१

मनोज यादव—
सर्लाही,बैशाख २५

भारतमा बन्धक बनाएर राखिएकी एक नेपाली युवतीलाई आशिष सामाजिक सेवा नेपाल संस्थाले भारतबाट उद्धार गरि आफन्तको जिम्मा लगाएको छ ।

सिन्धुली जिल्ला दुरभञ्ज्याङ नगरपालिक वडा न-१२ बस्ने बुवा वीर बहादुर मगर र आमा कमला मगरकी छोरी २२ वर्षीया रन्जिता मगरलाई भारतको बिहार राज्य,समस्तिपुर जिल्लाको नगरनिगम रामपुर जलालपुर-२२ बाट उद्धार गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको रोहवरमा परिवारको जिम्मा लगाएको छ।

रन्जिताको भारत निवासी कनक रामका छोरा अन्दाजी वर्ष २५ का अनुज राम सँग काम गर्ने सिलसिलामा काठमाडौमा भेट भएको र सोही क्रममा एकअर्का सँग चिनजान भएपछि निज कनक का छोरा अनुजले युवतीलाई ललाइफकाई गरी भारतको समस्तिपुर जिल्ला,रामपुर जलालपुर स्थित आफ्नो घरमा बोलाइ बन्धक बनाएर राखेको युवतीको पारिवारिक श्रोतलाई उदृत गर्दै एनजीओ फेडरेसनकी केन्द्रीय सदस्य लक्ष्मी सिंहले बताइन।

रन्जिता बैशाख १५ गतेदेखिनै भारतमा बन्धक अवस्थामा रहेको भन्ने जानकारी पाए पछि परिवारका आमा,दिदी ,भाउजु लगायतका सदस्यहरु सर्लाहीको सदरमुकाम मलंगवामा रहेको आशिष सामाजिक सेवा नेपाल संस्थाको सम्पर्कमा आएर उद्धारको लागि सहयोग माग्दा सोही आधारमा युवतीलाई पुर्नस्थापनाको लागि उद्धार गरी जिप्रका मलंगवामा प्रजिअ धमलाको रोहवरमा आमा,दिदी र भाउजुको जिम्मा लगाएको सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्: