Loktantra Khabar National Weekly
Ad

कीर्तिपुरमा बस दुर्घटना, एक जनाको मृत्‍यु

लोकतन्त्र खबर
२३ बैशाख २०८१

काठमाडौं  वैशाख २३, कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी  दिनेशराज मैनालीले बताए ।

उनका अनुसार बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: