Loktantra Khabar National Weekly
Ad

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सिद्धार्थ

लोकतन्त्र खबर
२३ बैशाख २०८१

सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ’सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ।

पर्यटन विभागले सिद्धार्थ होटललाई चार तारे होटलमा स्तर वर्गीकरण गरेको हो।

‘सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भए अनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ,’ विभागले भनेको छ।

होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अति उत्तम वर्गको समेत वर्गीकरण पाएको थियो।

कर्णाली प्रदेशकै सुविधा सम्पन्न उक्त होटलमा ४ स्विट, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड प्रकृतिका कोठा रहेका छन्।

साथै ४ वटा कन्फ्रेन्स हल, ६ सय जनाभन्दा बढी क्षमताको ब्यांकेट हल, पुल बार रेस्टुरेन्ट छन्। यस्तै फिटनेस क्लब, स्पा, साउना, स्टिम, जिम, स्विमिङ पुल, ब्युटी पार्लर लगायतका सुविधा समेत होटलमा समावेश छन्।

२०७२ सालदेखि सञ्चालित यो होटलमा ७० जनाले रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए।

२६ वर्ष अघि टिकापुरबाट व्यवसाय सुरू भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँच तारे होटल र विभिन्न स्ट्याण्डर्डका होटल तथा क्याफे गरी देशैभर सेवा सञ्चालन गरिरहेको छ।

पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले दुई हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: