
लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख २३
सर्लाहीका आगलागि पिडित स्थानीय घर परिवारलाई सशस्त्र प्रहरीले राहत वितरण गरेको छ।
गत बिहिवार दिउँसो जिल्लाको विष्णु गाउँपालिका वडा न-१ बाराउधोरण गाउँमा भएको भिषण आगलागीबाट घरसहित सम्पूर्ण सरसामान जलेर विस्थापित भएका स्थानीय ५० घर परिवारलाई शनिवार बिहान एक कार्यक्रमको आयोजना गरि राहत वितरण गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहले पिडित परिवारलाई राहत स्वरुप प्रति घरधुरी १ थान कम्बल,१ थान तन्ना,१-१ थान सिरानी र सिरानीको खोल तथा १-१ थान थाल,गिलास, कचौरा,तौलिया,पानीको बोतल लगायतका सामाग्री वितरण गरेको सशस्त्र प्रहरीले जनाएको छ।
राहत सामाग्री वितरण गर्दै स.प्र.ना.महानिरिक्षक शाहले यस दु:खद् घढीमा सशस्त्र प्रहरी सदैव नेपाली जनताकाे साथमा रहेकाे र आपसी सहकार्यले जस्ताे सुकै विपदलाई ब्यावस्थापन गर्न सकिने वताउनुभयाे।
कार्यक्रममा विष्णु गा.पा का अध्यक्ष जवाहरलाल यादव, सशस्त्र प्रहरी वल सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरिक्षक विनाेद खनाल लगायतको उपस्थिति रहेको थियाे।