
लोकतन्त्र समाचारदाता—-
सर्लाही,बैशाख २०
सर्लाही निर्माण व्यवसायी महासंघको ७ औ साधारणसभा एवं अधिवेशन आज(बिहीबार)बाट सर्लाहीको सदरमुकाम मलंगवामा सुरु भएको छ।
मलंगवा न.पा वडा न-८ स्थित कुसुम पार्टी प्यालेसमा भोली(शुक्रवार) सम्म सञ्चालन हुने साधारणसभाको बिहिवार एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका सांसद एवं पुर्वमन्त्री विरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेका हुन ।
कार्यक्रमको तालिका अनुसार पहिलो दिन उद्घाटन सम्पन्न गरि लगत्तै बन्द सत्रमा जाने र भोलीपल्ट मतदान गर्ने कार्यक्रम तय गरिएको सर्लाही निर्माण व्याहमवसायी संघका अध्यक्ष विनोद कुमार साहले जानकारी गराएका छन् ।
संघका अध्यक्ष साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष ए.डि लामा सहित महासंघका कोषाध्यक्ष संतोष साह,जिल्ला संघका उपाध्यक्ष कृष्ण कुमार यादव लगायत जिल्लाभरीका निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो।
अहिले बन्द सत्रको कार्यक्रम चलिरहेको आयोजकले जनाएको छ।