Loktantra Khabar National Weekly
Ad

सलमान निवास गोलीकाण्डका एक अभियुक्त हिरासतको शौचालयमा झुन्डिए

लोकतन्त्र खबर
२० बैशाख २०८१

सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तले बुधबार प्रहरी हिरासतमै मृत्यु भएको छ।

अभियुक्त अनुज कुमार थापानले हिरासतकै शौचालयमा पासो लगाई झुन्डिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले आत्महत्या गर्न लागेको थाहा पाउनासाथ प्रहरीले उद्धार गरी अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।

दक्षिण मुम्बईको आजाद मैदान पुलिस स्टेसनमा दुर्घटना मृत्युको मामला दर्ता गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार आरोपितले आत्महत्याजस्तो कदम किन उठाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनलाई केही दिनअघि प्रहरीले पन्जाबबाट पक्राउ गरेको थियो।

गत अप्रिल १४ का दिन मुम्बईको बान्द्रास्थित सलमान निवासबाहिर गोली हानिएको थियो। गोली चलाएको आरोपमा मुम्बई प्रहरीले अप्रिल १६ का दिन विक्की गुप्ता (२४) र सागर पाल (२१) लाई गुजरातको कच्छबाट पक्राउ गरेको थियो।

त्यसपछि प्रहरीले उनीहरूलाई हतियार आपूर्ति गरेको आरोपमा अनुज थापन (३२) र सोनुकुमार चन्द्र बिश्नोई (३७ वर्ष) लाई अप्रिल २५ मा पन्जाबाटबाट पक्राउ गरेको थियो। नेपालखबर

प्रतिक्रिया दिनुहोस्: