Loktantra Khabar National Weekly
Ad

सर्लाहीका विद्यार्थीले लेखे प्रधानमन्त्रीलाई चिठ्ठी

लोकतन्त्र खबर
१७ बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख १७

सर्लाही विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीले प्रधानमन्त्रीलाई चिठ्ठी लेखेका छन्।

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह अन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान सर्लाहीको आयोजनामा विद्यार्थीले प्रधानमन्त्रीलाई चिठ्ठी लेखेका हुन।

जिल्लाभरीका सामुदायिक विद्यालयमा अध्यनरत ३१८ जना विद्यार्थीले मैले चाहेको शिक्षा शीर्षकमा लेखेको चिठ्ठी सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला मार्फत प्रधानमन्त्रीलाई पठाइएको छ।

प्रधानमन्त्रीलाई लेखेको चिठ्ठी विद्यार्थीहरु आफैँले प्रमुख जिल्ला अधिकारीलाई सामुहिक रुपमा हस्तान्तरण गरेका थिए।

विद्यार्थीहरुको चिठ्ठी बुझ्दै प्रजिअ धमलाले विद्यार्थीको लागि यो एउटा महत्त्वपूर्ण अवसर भएको प्रतिक्रिया दिएका थिए।

उनले यो महत्त्वपूर्ण चिठ्ठी अविलम्ब प्रधानमन्त्रीको कार्यालयमा पठाइने जानकारी दिएको एनसिइ नेपाल जिल्ला संयोजक राजेश पासवानले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्: